व्यवसायिले राज्यको नीति पालना गर्नुपर्दछः प्रमुख जिल्ला अधिकारी डा. भट्टराई



रेशम बि.क. ,
रोल्पा २१कार्तिक ।, मानव जीवनसँग सरोकार राख्ने उपभोक्ता भेला प्रसार कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाको नयाँ हल लिबाङमा शोमबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिति एव्म प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले राज्यको नीति पालना गरी आफ्नो व्यवासायी सञ्चालन गर्नुपर्ने क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके कार्यालयले आयोजना गरेको कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने उपभोक्ता थगिनबाट जिल्लामा व्यापक जनचेतान फैलाउनुपर्ने अपरिहार्यता भएको बताउनुभयो ।

साथै जिल्लाको कुनै बजारमा व्यावसायिहरुले कालोबाजारी गरेको पाएको खण्डामा उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय रोल्पामा जानकारी दिए कानुनी कारवाही गर्ने प्रतिवद्वता कार्यक्रममा व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि डा.भट्टराईले भन्नुभयो–‘विषेश व्यावसायी र उपभोक्ता स्वयम सजक बन्नु पर्दछ, तब मात्र दैनिक रुपमा उठ्ने विषय उपभोक्ता थगिए भन्ने कुराको अन्त्य हुन्छ ।’ उहाँले व्यवसायी सञ्चालन गर्दा राज्यको नीति नियममा रही आफ्नो व्यवसायी सञ्चालन गर्न आम व्यवसायिहरुलाई विषेश अनुरोध गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला, जिल्ला समन्वय समिति रोल्पा कार्यालयका कार्यकारी सचिव दामोदर प्रसाद सुवेदी, होटेल व्यवसायी संघ रोल्पाका अध्यक्ष हरीबहादुर घर्तीमगर, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका मार्नाथ सदस्य बैकुण्ठ श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्च रोल्पाका अध्यक्ष मोहन परियार लगायतका आतिथिहरुले मन्त्य राख्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले जिल्लामा बजार अनुगमन लगायतका व्यवसायी र उपभोक्ताहरुलाई नियमिति रुपमा अभिमुखकरण कार्यक्रमको आयोजना गर्नुपर्ने सम्बन्धित निकायलाई सुझाव दिएका थिए । कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके कार्यालय प्रमुख ज्योत्सना क्षेष्ठले कार्यक्रमको विषयबस्तुमा सहजिकरण गर्नुभएको थियो ।

सो कार्यक्रममा जिल्लाका होटेल व्यवासी, व्यवसायिहरु लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके कार्यालय प्रमुख ज्योत्सना क्षेष्ठको अध्याक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन पत्रकार रेशम बि.क.ले गर्नुभएको थियो भने सहभागिलाई स्वागत क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके कार्यालय निरीक्षक एकराज बुढाथोकीले गर्नुभएको थियो ।

 

रोल्पा स् नेकपा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धन एकता सम्म पुग्ने दावि गरेका छन् । ‘बाम गठनबन्धन एकता सम्म जान्छ । अब पछि हट्ने स्थिति छैन’ गृह जिल्ला आएका नेता महराले सोमबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘एकताबाट पछि हट्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी वली ड्यामेजड हुनुहुन्छ ।’

बाम एकता हुनेमा आशंका रहेकोबारे पत्रकारले राखेको जिज्ञासमा नेता महराले भने, ‘बाम एकता नभए वली र प्रचण्ड मात्र ड्यामेजड हुने होइन, दुवै पार्टीका दोस्रो पुस्ताका नेतालाई समेत पचास वर्षपछि ढकेल्नु हुन्छ ।’ चुनावपछि मुलुकमा स्थिरता र आर्थिक स्मृद्धिको बाटो खुला हुने बताए । स्थिर सरकार र संविधान कार्यन्वयनका लागि बाम एकता आवश्यक रहेको पनि उल्लेख गरे । ‘एकताको विकल्प छैन तर एकताका लागि पर्याप्त वहस आवश्यक छ ।’, नेता महराले भने, संयोजन समिति बनेको छ, लामो समय अलगअलग रहेका दुई पार्टीबीच सैद्धान्तिक, वैचारिक, राजनीति र सांगठिनक बहस पर्याप्त हुन बाँकी नै छ।’
बाम गठबन्धले नेपाली कांग्रेस लगायतका कतिपय शक्ति अत्तालिएको समेत नेता महराले दावी गरे । कम्यूनिष्टले एक दलिय अधिनायकवाद लाड्ने भ्रमको प्रचार गरिरहेको पनि बताए । ‘हामी संविधानको कार्यन्वयन, लोकतन्त्र र प्रतिस्पर्धात्मक राजनीतिमा हामी प्रतिवद्ध छौं । कोही नतर्सिए हुन्छ ।’ उनले भने । दुवै चरणको चुनाव निश्चित भइसकेको बताउँदै नेता महराले बामगठबन्धनको पक्षमा चुनावी माहौल बन्दै गएको जिकिर गरे । बाम गठनबन्धले दुईतिहाई मत ल्याएर राजनीतिक स्थिरता ल्याउने उनले दावी गरे ।
‘चुनावपछि राजनीति संक्रमणको पनि अन्त्य हुन्छ ।’ नेता महराले भने ।मुलुकमा लोकतान्त्रिक शक्ति र बामबीच धु्विकरण हुँदै गएको दावी गर्दै नेता महराले अन्तराष्ट्रिय चलखेल पनि कम हुँदै जाने विश्वास व्यक्त गरे । सरकारबाट बाहिरिरहन आवश्क नभएको नेता महराले बताए । चुनाव हुन नदिने चलखेलका कारण सरकारमै रहिरहेपनि सरकार बाहिर जस्तै भएको अनुभूति राखे ।
‘चुनाव निश्चित भई सक्यो । तैपनि कतै भाड्न सकिन्छ कि भन्ने मनसाय अहिले पनि एक÷दुई प्रतिशत कतिपयमा छ ।’, प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै नेता महराले भने । सरकारबाट बाहिरिने बारे पार्टीमा छलफल भइरहेको पनि बताए । नेता महराले विप्लवको चुनाव खारेजीको राजनीति धराप परेको दावी गरे । नेकपाका थुप्रै हस्ती नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरिरहेको सन्दर्भ जोड्दै नेता महराले भने, ‘चुनाव खारेज गर्ने भन्ने विप्लवकै पार्टी नै खारेज हुने अवस्थामा छ । विप्लवजिको राजनीति वेमौसमी धार भएको छ ।’ नेकपाको चुनाव खारेज अभियानले अर्थ नराख्ने जिकिर पनि गरे ।
एमाले र तत्कालिन जनमोर्चाबीच तालमेल २०४८ सालको निर्वाचनमा नेता महरा गृह जिल्लाबाट नै उम्मेदवार बनेर विजयी भएका थिए । २६ वर्षपछि पुनः बाम गठबन्धन भएका बेला भने छिमेकी दाङबाट नेता महरा प्रतिनिधि सभाको उम्मेदवार बनेका छन । पोलि टेक्निकल इन्सीच्यूट उद्घाटन गर्न गृह जिल्ला आएका बेला सम्पन्न पत्रकार सम्मेलनमा नेता महराले समानुपातिकमा हसियाँ हथौडा वा सूर्यमा मतदान गर्न आव्हान समेत गरे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्