वाम गठबन्धनको संयुक्त चुनावी जनसभा कार्यक्रम सम्मन्न



रेशम बि.क.,
कार्तिक २१ रोल्पा।

देश र जनतामा समर्पित, गरीवि, बेराजगारी, अभावको अन्त्य संयुक्त बामगठबन्धनबाट मात्र हुने माओबादी केन्द्रका महासचिव एवम् पूर्व अर्थ,गृह एवम् हालका बिना बिभागिय परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शोमबार रोल्पाको पूर्वीय व्यपारी केन्द्र सुचिौरमा आयोजित वाम गठबन्धको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभयो ।

उहाँले उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपालको अस्थिरता र अराजकता राजनीतिको अन्त्य गरी स्थिरताबाट समृद्धि नेपाल निर्माणको निम्ति वाम गठबन्धनको आवश्यकता भएको बताउनुभयो ।
पूर्व उपप्रधान मन्त्री, अर्थ,गृह मन्त्री महराले नेपाललाई विश्वकै नमूना देश निर्माणको निम्ति प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धन गठन गरी चुनावी मैदान आएको साथै चुनावपछि दुई पार्टी बीच एकता हुने समेत कार्यक्रममा बताउनुभयो ।

जिल्लालाई ऐतिहासिक जिल्लाको रुपामा स्थापित गर्न, रोल्पाली जनताको जीवनस्तर माथि उठाउन, हरेक क्षेत्रहरुलाई विकासको गतिमा अगािड बढाउनको लागि नै पार्टी एकता गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रमका प्रमुख अतिथि महराले नेपाली कांग्रेसले देशमा स्थिरता कायम गर्न नसकेको, आर्थिक उन्नति गर्न नसकेको भन्दै अपुरो र जनताको निराशालाई यथास्थिति नराख्नु नै वाम गठबन्धनको मुख्य योजना भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ म रोल्पाको छोरो हुँँ, रोल्पाको प्रतिनिधी हुँ त्यसैले म जहाँ भएपनि आधा रोल्पा मसँगै हुन्छ रोल्पाली जनताको विश्वासलाई सार्थकता ल्याउछु ।’

कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा रोल्पा जिल्लाका उमेद्वार एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले रोल्पा जिल्लाको समृद्धि र रोल्पालीको सःुखको लागि वाम गठबन्धनले आगामी ५ बर्षको निम्ति स्थायि योजना प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले रोल्पाको सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएको बताउँदै हरेक युवाहरुलाई स्वदेशमै रोजगारको सृजना गरी बेरोजगारको अन्त्य गर्ने, रोल्पालीको जीवनस्तर कृषिमा आधारित भएको कारण कृषिमा आधुनिकिकरण गरी जीवनस्तरमा परिवर्तन ल्याउने, पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएर धेरै पर्यटकहरु भित्र्याउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, सूचना तथा सञ्चारको क्षेत्रमा विकास गर्ने, रोल्पाको हरेक क्षेत्रमा विद्युत पु¥याई उज्यालो रोल्पा निमार्ण गर्ने लागयतको घोषणापत्र रहेको बताउनुभयो ।

देशको सेवा र जनताको विश्वास वाम गठबन्धन भएको बताउँदै आगामी मंसिर १० गतेको चुनावमा अत्याधिक भारि मतले बिजय बनाउन समेत सबैमा आग्रह गर्नुभयो । सभामा मन्तव्य राख्दै नेता जोख बहादुर महराले वाम गठबन्धनले चुनावी सभा मात्र नगरेर विजय सभा गरिरहेकोे बताउनुभयो ।

जिल्लाका बिभिन्न स्थानहरुमा यतिबेला चुनावी सभा कार्यक्रम सञ्चालन भइरहेको बेला वाम गठबन्धनको बिजय सुरुवात भएको नेता महराले बताउनुभयो । उहाँले हिजोको दिनमा एकले अर्कालाई बिभिन्न आरोपहरु लगाएपनि लक्ष्यको हिसाबले सबै एकै ठाउँमा भएको बुझेपछि एकतामा अडिग भएको समेत बताउनुभयो ।

त्यसैगरी अखिल नेपालका केन्द्रीय अध्यक्ष रन्जित तामाङले ५ नं. प्रदेशमा वामपन्थी गठबन्धनको चर्चासंगै जित समेत सुनिश्चि भएको बताउनुभयो । उहाँले वाम गठबन्धनले हार्ने स्थान कतै पनि नभएको बताउदै वाम गठबन्धले हा¥यो भने रोल्पाले हार्ने, सिङगाो परिवर्तनले हार्ने हँुदा सबैले हातमा हात साथमा साथ मिलाएर वाम गठबन्धलाई दुई तिहाई मतका साथमा बिजय गराउन गोलाकार भित्रको हसिँया हथाँैडामा भोट गर्न आग्रह गर्नुभयो । नेकपा (एमाले) का सचेतक तथा चुनाव प्रचार विभाग प्रमुख गोकुलप्रसाद घर्तीमगरले जनताको चाहना वाम गठबन्धले पूरा गर्ने हँुदा जनताको खुसिलाई यथार्थमा ल्याउन वाम गठबन्धको जित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वाम गठबन्धका सम्पूर्ण उम्मेदवारहरुलाई विजयको शुभ–कामना समेत व्यक्त गर्नुभयो ।

प्रतिनिधी सभाको सामानुपातिक उमेदवार तथा पूर्व मन्त्री महिला नेत्री जयपुरी घर्तीले नेपाली जनताको विकास र हितको लागि वाम गठबन्धन गरेको बताउनुभयो ।

उहाँले रोल्पाको उडपीडित महिलाहरुको कुण्ठित भएको हक र अधिकारलाई माथि उठाउनको निम्ति, रोल्पालि महिलाहरुको स्वास्थ, शिक्षा, रोजगारलाई विशेष जोड दिने बताउनुभयो । रोल्पा जिल्ला क्षेत्र १ का प्रदेश सभाका उमेद्वार कुल प्रसाद के.सी. ‘सोनाम’ ले रोल्पाको गौरवको निम्ति वाम गबठन्धनका उमेद्वारहरुलाई विजय गराउन आग्रह गर्नुभयो । प्रदेश उमेद्वार के.सी.ले जनताको आशालाई सदैब सम्मान गर्दै रोल्पालीको खुसि र सुखमा कहिले पनि निराशा आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रोल्पा जिल्लाका क्षेत्र नं. २ का प्रदेश सभाका उमेद्वार दिपेन्द्र पुन ‘सिजल’, महिला नेत्री तथा विघटित संविधान सभाकी सभामुख ओनसरी घर्ती, कुमार दसौदी, दुबै पार्टीका अग्रज नेतृत्वहरुले उक्त कार्यक्रमको सम्बोधन गर्नुृभएको थियो । कार्यक्रममा जनवादी गायक झनकार बुढामगरले आफ्ना प्रस्तुतीसमेत गर्नुभयो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रबेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले अविर ल्यापनका साथमा स्वागत गरी पार्टीमा प्रवेश गराउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्