तुलसीपुरमा एक दिने आँखा शिबिर



दिपक बोहरा,
तुलसीपुर २१ कात्र्तिक ।
दाङको तुलसीपुरमा एक दिने आँखा स्वास्थ्य शिबिर भएको छ । दिदीघर तुलसीपुरको आयोजना तथा बोर्गबाजे डेनमार्कको सहयोगमा आँखा शिबिर भएको हो ।
राप्ती आँखा अस्पताल रक्षाचौरमा भएको शिबिरबाट करिब ३० जनाले आँखा परिक्षण गराएको अध्यक्ष स्यानी चौधरीले जानकारी दिईन् । ती मध्य ५ जनाको अपरेसन गनुपर्ने समस्या देखिएको अध्यक्ष चौधरीले जानकारी दिईन् । ती बिरामीलाई अपरेशनको खर्च पनि संस्थाले ब्यहोर्ने उनले जानकारी दिईन् । साथै ५ जनालाई चस्मा उपलब्ध गराईएको थियो ।

बिपन्न बर्गका नागरीकलाई मध्यनजर गरी शिबिरको आयोजना गरिएको कोषाध्यक्ष रमिता चौधरीले बताईन् । उनीहरुलाई आउन जानलाग्ने भाडाको समेत ब्यबस्था गरिएको संस्थाका सदस्य निलु चौधरीले बताए । तुलसीपुर १२ कचिलाका बङलाल चौधरीले यस अघि आँखा जाँच गराएका थिएनन्, उक्त संस्थाले अबशर जुटाईदिएपछि उनले आँखा जाँच गराए । ‘आँखा जाच गराउदा मोतिबिन्दु भएको रहेछ ।

अपरेशन गर्नुपर्ने भयो’ उनले भने ।’
यस्तै धेरै जनाले मानब जिवनको महत्वपुर्ण अंगा आँखा नै चेकजाँच गराउने गरेका छैैनन्, जसले गर्दा पनि अाँखाका बिरामीहरु बढ्दै गएको डाँक्टरहरुले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्