घोराहीलाई स्मार्ट सिटी बनाउन कार्यदल गठन ,विभिन्न क्षेत्रलाई एघार लाख १६ हजार सहयोग



निमु सगंम घर्ती,
घोराही, २१ कार्तिक।
घोराही उपमहानगरपालिकाले नगरलाई अत्याधुनिक र सबै सेवा सुविधायुक्त शहर स्मार्ट सिटी बनाउने प्रकृयालाई अघि बढाउन कार्यदल बनाएको छ । नगर कार्यपालिकाको बैठकबाट नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा उपप्रमुख सहित वडा नम्बर १५, १६ र १८ का वडा अध्यक्षहरु, योजना शाखा, नेपाल विद्युत प्राधिकरण शाखा घोराही, कम्प्युटर एशोसियसन नेपाल, नेपाल टेलिकम घोराही र उपमहानगरका कार्यकारी अधिकृत सदस्य सचिब रहनुभएको छ ।

साथै उपमहानगरले गरिव, विपन्न तथा लक्षित वर्ग, लोपोन्मुख समुहहरुको आयआर्जन, क्षमता बृद्धि गरि जीवनस्तरमा सुधार ल्याई गरिवी न्यूनिकरणमा टेवा पु¥याउन उपमहानगरबाट सञ्चालन हुने सिपमूलक कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन लघु उद्यम विकास कार्यक्रमको ढंगबाट सञ्चालन गर्ने गरि प्रकृयालाई अघि बढाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिकाको समग्र क्षेत्रको बिषयबस्तु समाबेश भएको नगर प्रोफाईल बनाउन उपप्रमुख सीता न्यौपाने संयोजक रहेको समिति गठन भएको छ । कार्यपालिका बैठकले आगलागिबाट क्षति भएको तुलसीपुरको प्रकृति एफएमलाई १० हजार सहयोग गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी, सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरको शैक्षिक एंव भौतीक सुधारका लागि ३ लाख,
पद्मोदय क्याम्पसको प्राविधिक शिक्षा र विज्ञान संकाय तर्फ पुस्तकालय स्थापनार्थ २ लाख, निमावि सुनपुरको शैक्षिक स्तरोन्नतिका लागि एक लाख ६ हजार, भगवती मावि सैघाको शैक्षिक स्तरोन्नतिका लागि एक लाख र बाल शान्ति गृह पर्साका असाह्य, अनाथ बालबालिकाहरुको संरक्षण र सम्वर्धनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङ द्धारा उपमहानगरपालिकाका सबै वडाहरुमा संचालन गरिने खानेपानी व्यवस्थापन तथा पूर्ण सरसफाई सम्वन्धि दुई दिने तालिमका लागि खर्चका लागि २ लाख सहयोग गर्ने पनि निर्णय भएको छ ।

साथै उपमहानगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार उपमहानगरपालिकाको आर्थिक, सामाजिक, भौतिक लगायत समग्र विकासका लागि योजना बनाउन नगर प्रमुखको संयोजक रहने गरि ७ सदस्यीय कार्यदल गठन समेत भएको छ ।

उपमहानगरपालिका अन्तर्गत कृषि र पशु सेवा शाखाबाट संचालन गरिने कार्यक्रमहरु सम्पादनका लागि वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयको संयोजकत्वमा ७ सदस्यीय कृषि तथा पशु सेवा कार्यक्रम संचालन कार्यविधि बनाउन समिति पनि गठन भएको छ ।

साथै कार्यपालिकाको बैठकले स्थानीय तह संचालन ऐन २०७४ को दफा ४२ बमोजिम घर नक्सा पास स्वीकृतिका लागि आगामी २०७४ चैत्र मसान्त सम्ममा सूचना प्रवाह गरि नक्सा पास गर्ने, उपमहानगरपालिकामा कृषि र पशु सेवाशाखाबाट सम्पादन गरिने कार्यक्रमलाई स्विकृत दिने निर्णय भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्