साना किसान कृषि सहकारी सस्था लिमिटेडको १९औ बार्षिक साधारण सभा



 

उर्मिला यादव, सुनवल/ साना किसान कृषि सहकारी सस्था लिमिटेड सुनवल १२ भुमहिको १९ औ बार्षिक साधारण सभा तथा आठौ संंचालक समिती पुर्नगठन समारोह आज आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सस्थाका अध्यक्ष देबिलाल डुम्रेको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आथित्यतामा सुनवल १२ भुमहिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख थापाले पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा ३ सय गाडी अट्ने शित भण्डार निर्माण हुने भएकाले यस क्षेत्रका किसान विचलित नहुन आग्रह गर्नुभयो । साथै उहाँले कृषीलाई प्रबद्र्धन गर्नका लागी योजना ल्याउनुपर्ने बताउदै यस सस्थामा दक्ष कर्मचारी र प्राविधिक मैत्री ब्यवसाय सञ्चालन गर्न सके यो सस्थाले दिगो रुप पाउने बातउनुभयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष डुम्रेले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै १९ औ बार्षिक साधारण सभा सम्म आईपुग्दा सस्थाले अनेकौ उतार चढाव पार गरेको जानकारी दिदै बिगतको अप्ठ्यारो समय र शेयर सदस्यहरुको आयको अवस्था, ब्यवसायिक अदक्षता, सीप, ज्ञान , तालिमको कमि, आवश्यक रकमको अर्पयाप्तता लगायत अनेकौ अप्ठ्याराहरु चिरफार गर्दै निरन्तर अगाडि बढेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाले १७ करोड ३२ लाख ८ हजार ६ सय ५८ रुपैया ऋण कारोबार रहेकोे जानकारी दिदै शेयर रकम १ करोड ८३ लाख ६५ हजार १सय ३३ रुपैया, बचत रकम तर्फ ८ करोड ६९ लाख २५ हजार ९ सय २१ रुपैया तथा कोषको रकम ३ करोड ९७ लाख ९५ हजार ९ सय ३६ रुपैया , रहेकोे जानकारी गराउनु भएको थियोे । कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले सस्थाले गरिरहेका कृयाकलाप र आगामी कार्य योजना अनुसार जेष्ठ सदस्यलाई सम्मान , कृषि , पशुपालन र आयमुलक ब्यवसायिक तालिम सञ्चालन, कषि तथा पशुपालन कार्यक्रमको पकेट क्षेत्र निर्धारण गरि सञ्चालन गरिन्ुका साथै सहकारी बजारमा आवश्यक सफ्टवेयरको जडान गरि कारोबारलाई पारदर्शी र विश्वसनिय बनाउदै लगिने बताउनुभयो ।

यस्तै गरि कार्यक्रममा बोल्दै बजार ब्यबस्थापन समितीका सयोजक उपेन्द्रमान प्रधानले प्रदेश नम्बर ५ भुमी ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय संग ५०÷ ५० को लागत साझेदारीमा सहकारी बजार किसानको पोको सुनवल नगरपालिका तथा साना किसान कृषि सहकारी सस्थाले सुनवल १२ भुमहीका कृषिहरुको चाहना अनुरुप किसानहरूमा नया जागरण ल्याइ व्यावसायिक कृषक उत्पादन गर्ने उपभोक्ताहरु माझ बिषादी रहित खाद्यान्न, तरकारी , तेलहन , दलहन उपलब्ध गराउने एउटै छानामुनी बीउ बिजन खाद्य तरकारी माछा मासु दुग्धजन्य पदार्थ घिउ दूध पनिर नौनी लगायत उपलब्ध गराउने , अभिप्राय र उदेश्यले पैचो अवधारणा सहितको बजार किसानको पोको संचालन गरिएको जानकारी गराउनु भएको हो ।

उहाले हाल सम्म यस सहकारी बजारमा २० लाख ४० हजार चार सय ९९ रुपैयाको खरिद भइ ११ लाख ८२ हजार ६ सय ३ रुपैयाको सामान बिक्रि भएको जानकारी दिनु भयो । उहाले कार्यक्रममा बोल्दै कौसी खेती, करेसाखेतीबारी, खेतीयोग्य जमिन भएका किसानहरुलाइ तरकारी उत्पादन गरी घरमा प्रयोग गर्न र बढी भएमा साना किसान कृषि सहकारी संस्था भुमहीमा लगेर तरकारीद्धारा सामान साटेर लैजान सकिने तथा बिक्री गर्न सकिने जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका लेखासंयोजक राजन पाण्डेले आर्थिक बर्ष २०७५ र ७६को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उहाले गत बर्षको साधारण सभाको निर्णय कार्यान्वयनको अवस्था तथा आर्थिक बर्ष २०७५ र ७६को बैठक संख्या निर्णयहरुको कार्यान्वयन अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै गरि कार्यक्रममा संस्थाका उपाध्यक्ष तिल प्रसाद पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका पुर्ब संचालक सेयर सदस्य तेज नारायण च्वाइ, सुनवल नगर कार्यपालिका सदस्य गौमाया गुरुङ, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल , सुनवल नगरपालिका वार्ड नम्बर १२ का वडा अध्यक्ष यमलाल पाण्डे ,बिशिष्ठ अतिथि नगर उपप्रमुख दधिराम अर्याल लगायतले बोल्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट गाई पालन किसान गङगाराम गैरे ,बाख्रा पालन उत्कृष्ट किसान घनश्याम अहिर, तरकारी खेती तर्फ सान्ती देबि चौधरी , उत्कृष्ट बाल बचत अदिती गौतम ,दैनिक रूपमा अधिक बचत गर्ने होम नारायण चौधरी ,मासिक रूपमा अधिक बचत गर्ने निम प्रसाद पराजुली लगायत लाई सम्मान गरिएको थियो भने जेष्ठ नागरिक सेयर सदस्यहरुलाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

यस्तै गरी आठौ अबिधेशनले तिल प्रसाद भण्डारीको अध्यक्षतामा ११ सदस्यिय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी भटराइ गौतम चयन हुनु भएको छ भने सदस्यहरुमा बालकृष्ण भटराइ , हरीलाल सुबेदी , थिरलाल न्यौपाने, कौशिला शर्मा , पुर्णि पश्चिमा थारु , भोला तेली , उपेन्द्रमान प्रधान , दयाराम यादव र भुलइ कुमाल चयन हुनु भएको कार्यक्रम संचालक तथा संस्थाका प्रबन्धक भोज प्रसाद चापागाइले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्