कर्मचारीलाई मताधिकार दिन प्रयास गर्छौ



सैघाली खबर,
काठमाडौं २१ कात्तिक । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारीलाई सकेसम्म मताधिकार दिनेबारे आयोगले अध्ययन शुरु सुरु गरेको बताएका छन् ।
धुलिखेलमा मतदान तथा मतगणना अधिकृत प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा प्रत्यक्ष भुमिका खेल्ने कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिए ।

‘ट्रेड युनियनकर्मीले ध्यानाकर्षण गराएका छन्, सम्मानित अदालतले त्यसबारेमा सोच्न आदेश दिएको छ,’ उनले भने, ‘समय थोरै छ, हामी अदालतको पनि सम्मान हुने गरी सकेसम्म प्रयास गर्छौँ ।’
उनले आचारसंहिता विपरित कसैले पर्चा, पम्प्लेट आदी प्रचार सामाग्री टांगेको भए हटाउन स्थानीय तह र प्रशासनलाई निर्देशन दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्