दलित माथिको विभेद अन्त्य भएको छैन



सैघाली खबर
दाङ, २१ कार्तिक । दलित माथिको विभेद अझै अन्त्य नभएको देउखुरी स्थित सिसहनियामा आयोजित एक कार्यक्रममा बोल्ने सहभागीहरुले वताएका छन् । दलित महिला संघको आयोजना भएको दलित महिलाहरुको अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिबृद्धि तालिममा बोल्ने वक्ताहरुले यस्तो वताएका हुन । त्यस अबसरमा बोल्ने सहभागीहरुले समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको वताएका थिए ।

गाउँमा दलित माथि अदृश्य रुपमा विभेद कायम रहेकोे भन्दै त्यसको अन्त्य कानुनले मात्र सम्भव हुने वताएका थिए । तालिम उद्घाटन गर्दै दलित महिला संघका अध्यक्ष युवा कराराले दलित महिला माथि झन ठुलो विभेद रहेको उल्लेख गर्नुभयो ।

समाजमा अहिले पनि दलित महिला नेत्रित्व तहमा पुगे पनि उनिहरुको कामको मुल्याङ्कन हुन नसेको उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै दलित अगुवा निर्मल बादीले शिक्षा,रोजगार, समाज सबै क्षेत्रमा विभेद कायम रहेको वताउनुभयो ।

आर्थिक अबस्था कमजोर हुदा दलित समुदाय पछाडी परेको उल्लेख गर्दै आर्थिक अबस्था सुधार ल्याउन सरकारले आय–आर्जन मुलक कामका लागि सहयोग गर्नुपर्ने वताउनुभयो ।

स्थानिय तहमा दलित महिलाको सहभागीता बढेपनी उनिहरु आफ्नो काममा अनबिज्ञ रहेको वताउनुभयो । दलित महिला संघका अध्यक्ष युवा कराराको अध्यक्षमा कार्यक्रम सम्पन भएको थियो । कार्यक्रममा कार्यक्रममा संयोजक पोषण सेन्चुरी , सहभागी फुर्सी नेपाली लगाएतले बोल्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्