सिसहनियाँ महोत्सवमा प्रकाश सपुत र शान्ति श्री परियारको ‘बोलमाया’ले स्तब्ध, ‘गलबन्दी’ले नचायो



ओमप्रकाश गुप्ता, सिसहनियाँ । अहिलेका चर्चित कलाकार जोडी प्रकाश सपुत र शान्ति श्री परियारको उपस्थितिले सोमबारको सिसहनियाँ महोत्सवमा अझ रौनकता थपिएको छ । महोत्सवमा शान्ति श्री परियार र प्रकाश सपुतले चर्चित गीत ‘बोल माया’बाट कार्यक्रममा सहभागी हजारौँ दर्शकलाई स्तब्ध बनाए । ‘अधिकाशं बुढापाकाको आँखामा आँशु देखिन्थ्यो, अधिक युवतीहरुको आँखामा आँशु टलपल टलपल भइरहेको थियो । मञ्चमा बसेका अतिथीहरुमा पनि अनुहारमा भावुकता र केही समय सन्नाटा छाएको थियो ।

शान्ति श्रीले आफ्ना एकल तथा अन्य स्वरवद्ध गीत क्रमशः प्रस्तुत गरिन् । फेरी दुवैले यस बर्ष सर्वाधिक रुचाइएको गलबन्दी बोलको गीत गाउँदा माहोल उतिखेरै फेरियो । मेलामा आएका दर्शक र अतिथि समेत रमाए । नाच्न नजान्ने या ननाच्नेहरु ताली हानेर, हेरेरै रमाए । गायक प्रकाश सपुतको गायकीले सिसहनियाँ महोत्सव सङ्गीतमय बन्यो । हजारौँ दर्शक एकसाथ झुमे, रमाए । आफ्नो प्रस्तुतिमा सपुतले चल्तीका गीत गाए । शुरुमा गम्भीर विषय र भावका गीत गाएपछि उनले फरक धारका गीत प्रस्तुत गरे । सपुतले ‘लुरुरु‘हुरुरु‘’, ‘रेलीमाई’ लगायतका लोकदोहोरी गीत सुनाए ।

विशेष गरी युवापुस्ता रमाएका देखिन्थे । सपुतले गाउँदा पछिपछि दर्शकले पनि उसै गरी गाउँथे । ‘गलबन्दी’ त्यही गीत हो, जसलाई अहिले सम्म युट्युबमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ । गलबन्दी गाएपछि प्रकाश सपुतले युवा लक्षित गीत ‘दोहोरी ब्याटल’ १ र २ गाए उनको त्यो गितमा भने के दर्शक के अतिथि सवै नाचेका थिए ।

प्रकाश सपुतको गितले कति बेला राती भएछ भन्ने नै वास्ता नगरी दर्शकहरूले महोत्सव समापन नहुँदा सम्म हेरिरहेका थिए । साथै महोत्सवमा थारू गायक दोषहरण चौधरी,गायिका बसन्ती चौधरी,डान्सर तथा मोडेल रूविना अधिकारी,गायक,मोडेल तथा उद्घोषक विजय पुन र सगरमाथा डान्स ग्रुप नेपालगन्जको विशेष प्रस्तुतीका साथ स्थानीय कलाकारले भरपुर्ण मनोरञ्जन दिएका थिए ।

सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित प्रथम औधोगिक कृषि तथा व्यापार मेलामा सोमबार ६ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । यसै बिच महोत्सवमा पुस २९ गते मंगलवार महानायक राजेश हमाल, गायिका सरिता कार्की, मोडेल आरुसी मगर,थारु गायक शालिकराम चौधरी, गायक,मोडेल तथा उद्घोषक विजय पुन आउने भएका छन् । साथै सगरमाथा डान्स ग्रुपले पनि मञ्च तताउने कलाकार संयोजक विक्रम रानाले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्