अब मुलुक समृद्धिको बाटोमा चल्छ ः नेताहरु



सैघाली खबर
दाङ, २१ कार्तिक । संयुक्त निर्वाचन परिचालन कमिटी निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बुधवार लमहीमा संयुक्त प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कृष्ण वहादुर महराले मुुलुक अब आथिर्क निकास पाउने बताउनुभएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा पर्ने सवै तहवाट नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै मंसीर २१ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका साझा उम्मेदवारलाई विजय वनाउन एक भएर लाग्न अपिल गरिएको छ ।

 

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता एंव महासचिव कृष्ण बहादुर महराले वामगठवन्धनका कार्यकर्ता विचारमा वलियो हुनुपर्ने र संयुक्त घोषणा पत्रको सन्देश सवै माझ पु(याउनु पर्ने आवश्यकता औंल्याउदै मुलुकले अब आथिर्क रुपमा समृद्ध र स्थायित्व पाउने बताउनुभएको छ ।
वामपन्थिहरुको नेतृत्वमा आगामी २० वर्ष सम्म सरकार चल्ने र आर्थिक समृद्धिवाट जनताको जिवनस्तर माथी उठाउने उनको दाबी थियो ।

यस्तै प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमा वलियो कम्यूष्टि पार्टी निर्माणको दिशामा अघि वढेको बताए । उनले यो अभियानलाई जनताले उत्साहको रुपमा लिएको दाबी गरेका थिए । पार्टी एकीकरण राष्ट्रिय आवश्यकतामा आधारित भएको भन्दै लामो छलफलवाट एकीकरण गर्ने विषय टुङ्गोमा पुगेको उनले बताए ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक शुरामणी वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्र नं। १ का वामगठवन्धनका साझा उमेदवारले क्षेत्र नं। १ मा वाम गठवन्धनका साझा उम्मेदवारहरुले जित्ने आधारहरु राख्दै ढुक्क भएर निर्वाचन प्रचार प्रसारमा केन्द्रित हुन उनको आग्रह थियो ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १९१०का उम्मेदवार ईन्द्रजित थारुले पार्टी एकीकरण हुने विषयले सवै कार्यकर्ताहरुमा भावनत्मक एकता कायम भएको बताए । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं। १९२०का साझा उम्मेदवार रेवतीरमण शर्माले आधुनिक र बैज्ञानिक समाजवाद स्थापित गर्न कम्यूनिष्ट आन्दोलन नयाँ मोडमा पुगेको र जनताहरु सवै वामगठवन्धनमा गोलवन्द हुन आवश्यक रहेको तर्क गरेका थिए ।

कार्यक्रमलाई एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जीवन गौतमले सम्वोधन गर्दै उत्साहित भएर प्रचार प्रसारमा केन्द्रित हुन आग्रह गरेका थिए । निर्वाचन परिचालन क्षेत्र नं। १ ९१०का संयोजक रतन कुमार केसीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति क्षेत्र नं। १ का सहसंयोजक नारायणी शर्माले गरेकी थिइन ।

बुधवार घोराहीमा संयुक्त प्रशिक्षण
यसैबीच निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ ले बुधवार घोराहीमा हुने संयुक्त कार्यकर्ता प्रशिक्षण सञ्चालनगर्ने भएको छ । कमिटीका संयोजक हेमराज शर्मा ‘डायमण्ड’ र सहसंयोजक देवराज विश्वकर्माले विज्ञप्ती मार्फत प्रशिक्षणमा सहभागी हुन आग्रह गरेका छन् ।

विहान ११ बजे घोराहीको गणेश चित्रालयमा प्रशिक्षण हुने जानकारी दिइएको छ । प्रशिक्षण भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार उम्मेदवार शंकर पोख्रेलले सम्वोधन गर्ने जानकारी दिइको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्