आर्थिक

एकलाख घुस सहित गौर अस्पतालका अधिकृत पक्राउ

By थाहा अनलाइन

November 07, 2017

सैघाली खबर रौतहट, २१ कार्तिक ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुससहित पक्राउ गरेको छ।

 

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले आज पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।