६५ लाख भारतीय रुपैँया सहित तीन जनालाई पक्राउ



कैलालीमा ६५ लाख भारतीय रुपैँया सहित तीन जनालाई पक्राउ गरिएको छ।

चोरीमा संग्लन श्रीमानश्रीमती सहित तीन जनालाई पक्राउ गरिएको हो। भारतको राजधानी दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि खटिएको कैलाली प्रहरीले जिल्लाको गौरीगंगा २ की बिन्दा थापालाई सुरुवातमा पक्राउ गरिएकोमा पछि थप दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

बाजुरको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको उनले बताए। बिन्दा थापाको कच्ची घरमा रहेको कोठा भित्र खटियामुनी खाल्टो खनेर टिनको बाकस भित्र प्लाष्टिक र कपडामा बेरी लुकाईछिपाई गरी राखेको अवस्थामा ६५ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चोरीपछि कैलाली आएका अग्रवालले एक करोड ४ लाख बढि चोरी भएको बताउँदै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्