मतपत्र पठाउने काम सुरु, मतदानको तीनअघि पुगिसक्ने



सैघाली खबर
काठमाडौं, २२ कार्तिक

मंसिर १० मा पहिलो चरणअन्तर्गत चुनाव हुने जिल्लाहरुमा मतपत्र पठाएको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि मतपत्र जिल्ला पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले मतपत्र छापिए लगत्तै जिल्लाहरुमा पठाइएको भन्दै नपुगेका जिल्लाहरुमा आजैसम्म पुगिसक्ने बताउनुभयो । सुरक्षा संवेदनशीलताका आधारमा हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाइएको निर्वचन आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्