काँग्रेसको केन्द्रीय प्रचार समिति विस्तार



सैघाली खबर
काठमाडौं, २२ कार्तिक

नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ । समितिको हिजोको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिको संयोजकमा बालकृष्ण खाँड, सहसंयोजकमा सुरेन्द्रराज पाण्डे हुनुहुन्छ ।

यस्तै सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामालगायत हुनुहुन्छ ।

समितिमा काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधिसमेत सदस्य रहेका छन् । उद्योगी विनोद चौधरीलाई पनि समिति सदस्यमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्