१० किलोमिटर पैदल यात्रा गरेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता हट्यो



सैघाली खबर
सल्यान , २२ कार्तिक

दाङ शान्तिनगर गाउँपालिकाले दुर्गम र विकट ठाउँ बस्तीखोलामा स्वास्थ्य सेवा विस्तार गरेको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शान्निगर गाउँपालिकाको वडा नम्बर ३ बस्तीखोलामा वडा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।

बस्तीदेखि टाढा र अपायकपर्ने ठाउँमा स्वास्थ्य संस्था हुँदा समस्यामा परेका बस्तीखोलाका सर्वसाधारणलाई अव केहि सहज हुने भएको छ ।वडा स्वास्थ्य कार्यालय स्थापना संगै मंगलबार नै कार्यकारि अधिकृत निम बहादुर केसीले स्वास्थ्य संस्थाको लागी निर्माण गर्न लागिएको दुइ कोठे भवनको पनि शिलान्यास गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानबाट भवन बन्न लागेको हो । गाउँमा स्वास्थ्य संस्था नहुँदा वस्तीखोलाका सर्वसाधारणलाइ १० किलोमिटर पैदल यात्रा गरेर चिराघाटमा स्वास्थ्य सेवा लिन जानुपर्ने बाध्यता रहेको थियो ।वडा स्वास्थ्य कार्यालयबाट बस्तीखोलाका १६० भन्दा बढि घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । गाउँपालिकाका अध्यक्ष डाँगीले अहिलेलाई वडा स्वास्थ्य कार्यालयबाट हप्ताको दुइ पटक सेवा दिइने र आगामी निर्वाचन लगत्तै नियमित स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्