यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मलेसिया प्रस्थान



सैघाली खबर
काठमाडौं, २२ कार्तिक

एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मलेसिया प्रस्थान गरेको छ । आगामी कात्तिक २५ गतदेखि सुरु हुने प्रतियोगितामा नेपाल रहेको समूहमा भारत, बंगलादेश र आयोजक मलेसिया पनि रहेका छन् ।

एसिया कपको तयारीका लागि बंगलादेश गएको नेपाली टोली आज रातिमात्रै नेपाल फर्किएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा घरेलु टोलीसँग तीनओटा अभ्यास खेल खेल्नेक्रममा सुरुआती दुई खेलमा पराजय भोग्दा अन्तिम खेल जितेको थियो ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आगामी कात्तिक २५ गते बंगलादेशसँग खेल्दा २६ गते भारतसँग र समूहको अन्तिम खेल कात्तिक २८ गते आयोजक मलेसियासँग खेल्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्