पेरिस सम्झौताबाट अमेरिका मात्रै बाहिर



सैघाली खबर
काठमाडौं, २२ कार्तिक

सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ । यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट अमेरिका मात्रै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा जलवायु परिवर्तन हावादारी कुरा रहेको भन्दै आफ्नो देश यो सम्झौताबाट बाहिने घोषणा गर्नुभएको थियो ।

सिरिया सम्झौतामा सामेल भएपछि अमेरिका मात्रै एउटा त्यस्तो देश हो जसले पेरिस जलवायु सम्झौताको विरोध गरेको छ । पेरिस सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सम्झौता हो । यो सम्झौता अनुसार विश्वभरका देश जलवायु परिवर्तन कम गर्नका लागि एकताबद्ध भएका छन् । सन् २०१५ मा पेरिसमा यो सम्झौता हुँदा सिरिया र निकारागुआ मात्रै यसबाट बाहिर थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्