सैघाली खबर
इलाम , २२ कार्तिक
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ वर्षीय अर्जुन लिम्बूको मृत्यु भएको छ। मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघात भई मृत्यु भएको हो। उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिए। लिम्बूको शव नेपाल ल्याउन कम्पनीले पहल शुरू गरेको जानकारी उनले दिए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।