मुख्य समाचार

चुनाव पुनः सार्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै ।।

By थाहा अनलाइन

May 31, 2017

जेष्ठ, १७ दोस्रो चरणको चुनाव पुनः सार्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्दैछ । असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सार्ने सरकारको तयारी छ । केहीबेरपछि मन्त्रिपरिषद बैठक बसी यसबारे आधिकारिक निर्णय गर्नेछ । चुनाव सार्नेबारे प्रधानमन्त्रीले हिजो निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो । मौसमको हिसाबले असार ९ या १४ मा खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गर्न लागेको हो । सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव समेत दर्ता गरेको छ ।