सैघाली खबर
चितवन, २२ कार्तिक
सडक कालोपत्रे लाई तीव्रता दिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबारदेखि यातायात रोकेर भित्ता काट्ने काम सुरु गरिने भएको छ। कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा समेत केही घण्टा सडक रोकेर काम अघि बढाइने जनाएको छ। परीक्षणस्वरुप एक साता बिहान ७ बजेदेखि ८ः३० बजे ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।
बिहानदेखि अपराह्नसम्मको ६ घण्टा एकैसाथ बन्द गर्दा निर्वाचनलाई असर गर्ने भएकाले बीचबीचमा एक–एक घण्टा सडक रोकेर काम गर्न लागिएको हो। यसको असरलाई ध्यान दिएर एकहप्तापछि अर्कौ निर्णय हुन सक्ने जनाइएको छ। नारायणगढ–मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्ता काट्ने काम चलिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।