सिसहनियाँ महोत्सवमा ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म, महोत्सव ३ दिन थप



ओमप्रकाश गुप्ता, सिसहनियाँ । सिसहनियाँ महोत्सवमा चर्चित गायिका ज्योती मगरलाई हेर्न बुधबार गाउँ गाउँबाट के बच्चा के बुढा हजारौंको संख्यामा दर्शकको भिड रहेको थियोे । बुधबार महोत्सवमा अहिले सम्मकै सवै भन्दा बढी दर्शक सहभागी भएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् ।

बुधबार मात्र करिव १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । महोत्सवमा गायिक ज्योती मगर आउने प्रचार भएपछि दाङ देउखुरी क्षेत्र सँगै छिमेकी जिल्ला प्युठान,अर्घाखाँची र कपिलवस्तु जिल्लाबाट समेत दर्शक आएका थिए ।

महोत्सवमा गायिका मगरले उहि मुलाको सिन्की उहि मुलाको चना,चोरी खान पल्केको यो ढाडे विरालो लगायतका थुप्रै गित गाउदा युवा भन्दा बुढापाखाहरू रमाइरहेका देखिन्थे भने युवा र बच्चाहरूले हुटिङ र नृत्य गरेको देखिन्थ्यो । निकै छोटो पहिरनमा आएकी मगरलाई बुढापाखाले बाहिरी रूपमा मन नपराए पनि मेला महोत्सवमा भने निकै चासोको रूपमा हरेको देखिन्छ । पछिल्लो समय उनी निकै चर्चामा रहेकी छिन् ।

मगर सँगै गायक तथा मोडेल संदिप न्यौपाने ,थारू गायक राजेन्द्र चौधरी, दिपाशा विसी लगायतका कलाकारले पनि मञ्च तताएका थिए भने स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए । सिसहनियाँ उद्योग बाणिज्य संद्यले आयोजनामा प्रथम औधोगिक कृषि तथा व्यापार मेला सुरू भएको हो ।

यसै बिच महोत्सव ३ दिन थपिएको सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । दर्शकको माग र महोत्सवको बिचमा वर्षाले अवरोध गरेका कारण महोत्सव थपिएको बताईएको छ । महोत्सवमा माघ २ गते बिहीबार गायक कृण्ण रेउले,मोडेल सहिमा श्रेष्ठ लगायतका कलाकार आउने मेला व्यवस्थापक हमालले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्