पश्चिम दाङमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु



दाङ। पश्चिम दाङमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।पश्चिम दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले गएराती साढे नौ बजे हारीचार भन्ने स्थानमा ठक्कर दिदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोजरको ठक्करबाट थापाको टोउको र दाहिने हातमा गम्भिर चोट लागेको अस्पतालको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्