टेकबहादुर पुन, दाङ। लमहीको रिहार स्थित राम सीता मन्दिर नया टेन्टिङ्ग पेन्टिङ्गले निकै सिंगारिएको छ । मन्दिर भित्र राम, सीता र हनुमानका मुर्ती राखिएको छ भने बाहिर भित्तामा ठूलो-ठुला अक्षरमा प्युठान सिमेन्ट लेखेर सजाईएको छ । धार्मिक क्षत्र, त्यहीमाथी हरेकको आस्था बोकेको रामसीता मन्दिरमा सिमेन्टको बिज्ञापन अति सुहाउँदो छ । महेन्द्र राजमार्गदेखी दक्षिण साईडमा छ रामसीता मन्दिर । त्यस मन्दिरमा पुजापाठका लागि आउने भक्तजन हरु भन्छन मन्दिरमा सिमेन्टको प्रचार सुहाएन ।
माघी पर्बमा त्यहाँ मानिसको हुल अत्यधिक हुने भएकाले कम्पनीले आफ्नो सिमेन्टको प्रचार प्रसारका लागि टेन्टिङ्ग पेन्टिङ्ग गरेको स्थानिय बताउँछन् । त्यसो त प्युठान सिमेन्टले सडक छेउँका हरेक बसप्रतिक्षा लयमा रँगरोगन गरिदिएको छ । रिहारको रामसीता मन्दिरमा पनि प्युठान सीमेन्टले पौषको १४ गते रँगरोगन गरिदिएको हो ।
धार्मिक क्षत्रमा सिमेन्टको बिज्ञापन नसुहाएको रिहारमेला ब्यबस्थापन समितिका सदश्य मानसिँह वलीले बताए । वलीले रँगरोगनको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।
पौष २३ गते वडाध्यक्ष रमेश केसीको अध्यक्षता मेला ब्यबस्थापन समिति गठन गरिएपनि त्यो भन्दा अघि बगारबाबा धार्मिक बिकाश क्षत्रले काम गर्दै आएको थियो । बिकाश क्षत्रका अध्यक्ष मेघसिँह पछाईँ सँग रँगरोगनको बारे कुरा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।