प्रधानन्यायाधीश निवास वालुवाटारमा भेटियो बम, मध्यराति सेनाद्वारा डिस्पोज



काठमाडौँ । बालुटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको निवास बाहिर बुधबार साँझ बम भेटिएको छ । प्रधानन्यायाधीश निवासको मुख्य गेट अगाडि बम भेटिएको प्रहरीले थाहा अनलाइनलाई बतायो । सेनाको विशेष टीमले उक्त बम डिस्पोज गरेको प्रहरीले बताएको छ । बुधबार राति नै उक्त बम सेनाले डिस्पोज गरेको हो ।

बम कसले राखेको जिम्मा लिएको छैन । तर, हिजो साँझ नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले व्यक्तिको नाममा दर्ता गरिएको बालुवाटरस्थित ललिता निवासको सरकारी जग्गा कब्जा गरेको घोषणा गरेको थियो । बम प्रधानन्यायाधीशलाई लक्षित थियो वा थिएन भन्ने खुलेको छैन ।

कडा सुरक्षा घेराभित्र रहेको बालुवाटरको उक्त जग्गामा नेकपाका कार्यकर्ताहरुले झण्डा–ब्यानर गाडेर कब्जा गरेको घोषणा गरेका थिए । उक्त जग्गा दलाल र भूमाफियाहरुको कब्जाबाट सरकारकै मातहतमा ल्याउन कब्जा गरिएको नेकपाले जनाएको छ । छरिएको पर्चामा नेकपाले उक्त जग्गा किनबेच गरेमा कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

त्यसैगरी बुधबार साँझ नै ललिता निवासको उक्त जग्गा व्यक्तिको नाममा गर्ने मुख्य योजनाकार शोभाकान्त ढकालको घरमा वि’स्फोट भएको थियो । वि’स्फोटबाट घरका सिसा, झ्याल, पर्खाल र पार्किङ गरि राखेको गाडिमा क्षति पुगेको थियो ।

बिस्फोटको जिम्मा कसैले लिएको छैन । ललिता निवास कब्जाको घोषणा गर्दै मुख्य योजनाकार शोभाकान्त नै भएको नेकपाले पर्चा छरेकोले उसैले विस्फोट गराएको आशंका गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्