काठमाडौं : नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबार तोलामा ७४ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य आजपनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपाली सुन चाँदी व्यवसाय संघकाअनुसार तेजावी सुन तोलामा ७४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।