नुवाकोटमा पनि मनाईयो राष्ट्रिय भुकम्प सुरक्षा दिवस




२२ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस नुवाकोटमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

दिवसको अवसर पारेर नुवाकोटको सदरमुकाम विदुरको लोकतान्त्रिक चौतारोबाट ¥यालीको आयोजना गरि बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले भुकम्प जुनसुकै समयमा आउन सक्ने भन्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले नगरपालिका क्षेत्रभित्र निर्माण भएका संरचनाहरु मापदण्डभन्दा वाहिर भए कारवाहीको दायरामा ल्याउने बताए ।


त्यस्तै कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भुकम्प एक सामान्य प्राकृतिक प्रकोप रहेकोले सबैले पहिले नै सावधानी अपनाउनु पर्ने उल्लेख गुरे । उनले नुवाकोट भुकम्पको उच्च जोखिममा रहेकोले कुनैपनि संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक हुनुपर्ने बताए ।

नेपाल रेडक्रस नुवाकोटले भूकम्पपछि उद्धारमा कसरी संयमित भइ प्राथमिक उपचार गर्ने भन्ने बारे जानकारी गराएको थियो । कार्यक्रममा सुरक्षा निकाय, नुवाकोट उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी लगायत सरकारी तथा गैरसरकारी कार्यलयमा कार्यरत व्यक्तिहरुको सहभागिता रहको थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार नाराका साथ दिवस मनाउन लागिएको हो ।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्