बामगठबन्धन दाङ क्षेत्र नं. ३ को प्रचारका लागि १२५१ सदस्यीय प्रचार कमिटि



दिपक बोहरा,
तुलसीपुर २२ कात्र्तिक ।
बामगठबन्धन दाङ क्षेत्र नं. ३ ले चुनाब प्रचार प्रशारका लागि एक हजार दुई सय ५१ सदस्यीय निर्बाचन प्रचार कमिटि गठन गर्ने निर्णय गरेको छ । मंगलबार भएको निर्बाचन कमिटिको बैठकले हुकुम बहादुर बस्नेत संयोजक, मिलन चौधरी सहसंयोजक, पदम केसी सचिब क्षेत्र नं. ३ भित्र पर्ने पार्टी पार्टीका जिल्ला कमिटि सदस्य, क्षेत्रीय कमिटि, नगरकमिटि, गाउपालिका कमिटि, वडाका प्रमुखहरु र जनसंगठनका जिल्ला तथा पदाधिकारीहरु गरी एक हजार दुई सय ५१ सदस्यीय निर्बाचन प्रचार कमिटि गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै निर्बाचन क्षेत्र नं. ३ ‘क’मा राम बहादुर दहितको संयोजकत्वमा प्रदेश तर्फको निर्बाचन प्रचार कमिटि गठन गरिने भएको छ । जसको उपसंयोजकमा बिनोद शर्मालगायत ६ सय ५१ जना रहेको प्रदेश सभा निर्बाचन प्रचार कमिटि गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै निर्बाचन क्षेत्र नं. ३ ‘ख’ प्रदेशतर्फ चुर्ण वलीको संयोजक तथा भिम बहादुर वलीको उपसंयोजकत्वमा ६ सय ५१ जना रहेको निर्बाचन प्रचार समिति गठन गर्ने निर्णया गरेको छ । साथै बैठकले क्षेत्र नं. ३‘क’ का प्रदेशसभा सदस्यका उम्मेदवार जग प्रशाद शर्मा ‘अपार’ संग हिड्नका लागि कृष्ण भुषाल र खुसीराम चौधरीलाई जिम्मा दिईएको छ , भने ३‘ख’ का उम्मेदवार उत्तरकुमार वलीसंग हिड्नका लागि सीमा न्यौपाने र शुसिल खड्कालाई जिम्मा दिईएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्