गायिका आस्था राउतले प्रहरीलाई गाली गरेको भिडियो एकाएक भाइरल



काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छन् । उनले आफू कार्यक्रमका लागि सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दु’र्व्यवहार गरेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रहरीलाई ‘डन्ठे र पिउसो भन्दै गाली’ गरेको देख्न सकिन्छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् । भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् ।

यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन । भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्