माओवादीमा भित्रीए एकैदिन ३ दर्जन नेता



सैघाली खबर,
रुकुम २२ कात्तिक।
पश्चिम रुकुममा नेकपा माओवादी केन्द्रमा एकैदिन ३ दर्जन बढी प्रवेश गरेका छन् ।
जिन्दगीभर काँग्रेसमा आस्थावान नेता कार्यकर्ता हुल वाँधेर वाम गठवन्धनमा प्रवेश गरे ।

त्रिवेणी गाँउपालिकाको पेउघामा बुधवार भएको वामगठवन्धनको चुनावीसभामा गठवन्धनका प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरलाई नवप्रवेशीहरुको स्वागतका लागि भ्याई नभ्याई भयको थियो। ।

स्थानिय निर्वाचनमा सिंगै वडापालिकामा जित हाँशिल गरेर आफनो गढ सावित गरेको काँग्रेसले यसपटक ठुलो मुल्य चुकाउनुपर्ने आशका गरिएको छ । नेपाली काँग्रेसवाट वाडापालिकामा जितेका जनप्रतिनिधि सहित ३ दर्जन वढी स्थानिय नेता कार्यकर्ताहरु हुल वाँधेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य तथा वडाका निर्वाचित सदस्य पदमप्रकाश खत्री, वडापालिकाका निर्वाचित सदस्य टेकवहादुर खड्का, वडापालिकाका निर्वाचित सदस्य रिखमी नेपाली, शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य खम्ववहादुर केसी, यज्ञवहादुर परियार, जंगवहादुर खड्का, टेकवहादुर पुुन, रत्ना खत्री रहेका छन् ।

त्यसैगरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सचिव तप्तवहादुर ओली, कमानसिं ओली, मेगलाल खड्का, भिमवहादुर पुन, यकमाया ओली, विकाश ओली, तिलक खड्का, भक्तवहादुर डाँगी, लिलवहादुर खत्री, शेरवहादुर केसी, माया खड्का, कौमति खड्का, दुर्गा केसी, तपेन्द्र केसी, रामवहादुर खड्का, भिमवहादुर परियार, घमण्ड वुढा लगायतका दर्जनौं नेता कार्यकर्ता रहेका छन् ।

प्रवेश गर्नेहरु त्रिवेणी गाँउपालिकाका विभिन्न वडामा नेपाली काँग्रेस र उसका विभिन्न भगिनि संगठनहरुमा क्रियाशिल नेता कार्यकर्ताहरु हुन् ।
नवप्रवेशीहरुलाई नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सचिवालय सदस्य तथा वामगठवन्धनका प्रतिनिधिसभा उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अविर माला लगाएर स्वागत गरेका थिए ।

स्वागत गर्दै विना विभागिय मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले नवप्रवेशीहरुलाई क्षमता अनुसार न्यायोजित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्