प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के- के भयो कुराकानी ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ । धानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार आज करीब २ घन्टा लामो भएको छलफलमा सभामुख चयन, अमेरिकी सहयोग एमसीसी लगायतका विषयमा छलफल भएको थियो । तर, दुई अध्यक्षबीचको छलफलमा भने सभामुखबारे टुंगो लागेन । नयाँ सभामुख चयनका विषयमा देखिएको गतिरोध अन्त्य हुने दिशात

नेकपाभित्र सभामुख चयनका विषयमा मतभेद भइरहेका बेला दुई अध्यक्षबीच पाँच दिनपछि बिहीबार कुराकानी भएको हो । गत आइतबारदेखि उनीहरुबीच भेट भएको थिएन । ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन् । उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ ।

अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गत आइतबारयता भेटघाट र संवाद हुन सकेको थिएन । सभामुख चयन प्रकरणमा कुरा नमिलेपछि उनीहरुबीच संवाद र भेटघाटमा केही दिन ‘ब्रेक’ लागेको थियो ।

प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् । दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलमा ठोस निष्कर्ष आउन सकेको थिएन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्