मौरीघाटमा श्रीनारायण चौधरीको १९औँ श्रद्धाञ्जली सभा



ओमप्रकाश गुप्ता, सिसहनियाँ। नेपाली कांग्रेस क्षेत्र नम्बर १ का स्वर्गीय क्षेत्रिय सभापति श्रीनारायण चौधरीको १९ औँ श्रद्धाञ्जली सभा कार्यक्रम बिहीबार स्वर्गीय चौधरीको निवास राप्ती गाउँपालिका ४ मौरीघाटमा सम्पन्न भएको छ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा सभा सम्पन्न भएको हो ।

राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डेको अध्यक्षता एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि चौधरीले श्रीनारायण चौधरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले देखाएको बाटो कसैले भुल्न नहुने र सोही बाटोमा हिड्न आग्रह गरेकी थिइन् ।

साथै उनले पार्टीलाई बलियो बनाउन सवैको सोचाइ एक हुनुपर्ने र एकमत भई अगाडि बढ्न सुझाव समेत दिएकी थिईन् । कार्यक्रममा पुर्व सांसद सुशिला चौधरी, नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का ,क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे ,महासमिति सदस्यहरू जानकीलाल बस्नेत ,नुमानन्द सुवेदी, प्रदेश १ क सभापति ताराबहादुर डिसी,महाधिवेशन प्रतिनिधि रेशमबहादुर खड्का ,महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने,पुर्व महासमिति सदस्य हरू दोर्ण भुसाल,मधु न्यौपाने लगायतका वक्ताहरूले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । सभामा धन्यवाद ज्ञापन स्वर्गीय चौधरीका छोरा प्रकाश चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रजातन्त्रवादी प्रध्यापक संघका जिल्ला सहसचिव विक्रान्त ज्ञवालीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्