विप्लवले कब्जा गरेर कब्जा हुँदैन : सञ्चारमन्त्री बास्कोटा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिबन्धित नेकपाले कब्जा गर्दैमा सरकारी सम्पत्ति कब्जा नहुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले प्रतिबन्धित नेकपाले कब्जा गर्छु भन्दैमा सरकारी सम्पत्ति कब्जा नहुने बताएका हुन् ।

‘विप्लव वा अन्य कसैले कब्जा गरेर कब्जा हुँदैन । सरकार आफैंले थाहा पाएर छानबिन गरेको हो । ललित निवास नेपाल सरकारकै हो, व्यक्तिलाई दिन सकिँदैन’ ललिता निवासको जग्गा कब्जाका लागि भन्दै बम विष्फोट गराएर प्रतिबन्धित नेकपाले दिएको चेतावनीबारे मन्त्री बास्कोटाले भने ।

मन्त्री बास्कोटाले लुकेर छिपेर आक्रमण गरे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका लागि राम्रो नहुने चेतावनीसमेत दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्