सहमतिय सरकार गठनको समयसिमा सकिंदै, राष्ट्रपतिको आह्वानमा सर्वदलिय बैठक ।।



logo 2
जेष्ठ,१७
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको लागि आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि राष्ट्रपतिले सहमतीय सरकार बनाउन आह्वान गर्नुभएको सात दिने समय सीमा आज सकिँदैछ । सहमतीय सरकार गठनका लागि पुनः आग्रह गर्न राष्ट्रपतिले आज बिहान साढे नौ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । यसैबीच, नेपाली काँग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न हिजोको प्रयास प्रयास सफल हुन सकेन । राष्ट्रपतिले गर्नुभएको आह्वानअनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले हिजो बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादीलगायत प्रायः सबै साना दलका सहभागिता रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि सहमतीय सरकारको प्रयास सफल नभएको हो । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख पतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग वार्ता गरेर सहमतीय सरकारको पहल गर्ने बताईएको छ । देउवा र ओली बीच आजै छलफल हुने तय भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्