निरन्तर वर्षा कारण आजको सिसहनियाँ महोत्सव स्थगित,३ दिन महोत्सव थपियो



ओमप्रकाश गुप्ता,सिसहनियाँ । गएराती देखि परेको निरन्तर वर्षाका कारण दाङ देउखुरीको सिसहनियाँ महोत्सवको आजको कार्यक्रम स्थगित भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ पुस १७ गते बाट सञ्चालनमा आएको प्रथम औद्योगिक तथा कृषि व्यापार मेलामा वर्षाका कारण कार्यक्रम स्थलमा पानी जम्नुका साथै हिलाम्मे भएको छ ।

यसै बिच आज आउने भनिएका कलाकारहरु नआउने भएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । यता वर्षाले महोत्सव प्रभावित भएपछि महोत्सव ३ दिन थप गरिएको सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । अव महोत्सवको समापन माघ ५ गते हुने पत्रकार ओमप्रकाश गुप्ताले खवर पठाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्