पुलिस–आर्मीबीच उपाधि भिडन्त



मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार सुनसरीको इनरुवामा भएको दोस्रो सेमिफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गरेर फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।

आर्मीले पहिलो सेमिफाइनलमा प्रदेश ३ (बागमती) लाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

पहिले ब्याटिङ गरेको पुलिस ४९ ओभरमा २२९ रनमा अलआउट भयो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६८ रन जोडे। यस्तै ललित भण्डारीले ४० रन र अनिल साहलेे ३१ रन जोडे। बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विनोद लामा र आकास चन्दले ३-३ विकेट लिए। सन्तोष भट्टको नाममा १ विकेट रह्यो।

२३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३३.४ ओभरमा १३० रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सबैभन्दा बढी ३९ रन बटुले।

सुदूरपश्चिमको इनिङ ध्वस्त पार्न पुलिसका सागर ढकालले ५ विकेट लिए। ललितनारायण राजवंशीको नाममा ३ विकेट रह्यो। सागर खेलको म्यान अफ दि म्याच भए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्