गोकुल बास्कोटाको प्रश्न- प्रधानमन्त्री त्यस्तो खालको हुनुहन्छ ? कसैको ज्यानै लिने हो ?



काठमाडौँ । नेकपा सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफुलाई प्रधानमन्त्री निवास बालुवाटारबाट आएको ज्यान मार्ने धम्कीको सरकारका प्रवक्ता गोकुल बास्कोटाले खण्डन  गरेका छन् । सुचना एवं संचारमन्त्री बास्कोटाले राष्ट्रियताको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासबाट ज्यान मार्ने धम्की आएको भन्दै नेता रावलले लगाएको आरोपको गोकुलप्रसाद बाँस्कोटाले खण्डन गरेका हुन्  । उनले प्रधानमन्त्रीले त्यस्तो गर्नै नसक्ने बताएका छन्  ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक कार्यक्रममा बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले आफ्नै कार्यकयर्ताका लागि तरवार र खल्तीमा गोलीको माला बोकेर हिँड्नुहुन्न ।’ सरकारले रावललाई पूर्ण सुरक्षा दिइरहेको बाँस्कोटाको भनाइ थियो। ‘उहाँको सुरक्षामा पछुवा पनि (पूर्वगृहमन्त्रीको हैसियतले प्राप्त सुरक्षाकर्मी) छन् र उहाँको साथमा अन्य सुरक्षाकर्मी पनि छन्,’ बाँस्कोटाले भने।

बाँस्कोटाले संचारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै भने, ‘भीम रावललाई धम्की दिएको भनेको पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहन्छकसैको ज्यानै लिने हो?’ नेता रावलले केही दिन पहिले मात्रै एमसीसीविरुद्ध बोल्दा बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्की आएको बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्