मुख्य समाचार

भारतमा मजदुरी गरेर फर्कंदै गरेका युवक एयरगनसहित पक्राउ

By थाहा अनलाइन

November 08, 2017

सैघाली खबर, , नेपालगन्ज २२ कात्तिक। बाँके प्रहरीले ‘एयरगन र त्यसको गोलीसहित नेपाल–भारत सीमा नाका जमुनाहबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको सिमलामा मजदुरी गरेर घर फर्कंंदै गरेका सल्यान थारमारे– ७ का रमेश योगी एयरगन र त्यसमा लाग्ने ४५ राउन्ड गोलीसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय जमुनाहले योगीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।