अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लाग्ने पक्का



काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभ्सलबाट माथिल्लो सदन सिनेटमा महाअभियोग सम्बन्धी आरोप पठाउने प्रस्ताब पारीत गरे पछि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग लाग्ने पक्का भएको छ ।

महाअभियोग पत्रमा सभामुख न्यान्सी पेलोसीले हस्ताक्षर गरेको महाअभियोगपत्रमा सिनेटमा पठाउने प्रस्तावको पक्षमा दुई सय २८ मत खसेको थियो भने विपक्षमा एक सय ९३ मत परेको थियो ।

महाअभिगोग पत्रमा हस्ताक्षर गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफुहरुले तल्लो सदनको निणयलाई पारि गरेर इतिहास रचेको दाबी गरेका छन ।

विपक्षी डेमोक्रयाट पार्टीको बहुमत रहेको तल्लो सदनले गत महिना नै राष्ट्रपति ट्रम्पविरुद्धको महाअधियोग प्रस्ताव पारित गरी सकेको थियो । सभामुख पेलोसीले डोनाल्ड मात्र नभई भबिष्यमा आउने राष्टपतिलाई पनि मन लागी गर्ने प्रचलन हटाउने यो प्रस्ताप ल्याइएको बताएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्