सभामुखमा ओली लचक हुने संकेत, दुई सन्तान सहित दम्पतीले त्रिशूलीमा हामफाले



काठमाडौंबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । आराष्ट्र बैंकका डेपुटी गभर्नरलाई मन्त्रिपरिषद्ले दिएको सफाइ, सफाइ दिने निर्णयले अर्थमन्त्रीमाथि परेको नैतिक संकटबारे चर्चा गरेका छन् । सभामुख चयनमा ओली लचक देखिएको खबर पनि आजका अखबारहरूले छापेका छन् । विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा पनि आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

आजको कारोबारमा नेपाललाई एकातर्फ अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सम्पत्ति शुद्धीकरण निवारणमा भएगरेका प्रगति कसरी देखाउने भन्ने चिन्ता छ भने अर्कोतिर सम्पत्ति शुद्धीकरणसम्बन्धी निकाय सक्रिय भएसँगै निजी क्षेत्रमा त्रास छाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएसँगै निजी क्षेत्रले असुरक्षित महशुस गरिरहेको छ ।

बिभागका हालसम्मका काम कारबाही हेर्दा पूर्वाग्रही ढंगले आफूहरुमाथि कारबाही हुने आशंका निजी क्षेत्रको छ । सरकारी अधिकारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रास बढेजस्तै आफूहरुमाथि सम्पत्ति शुद्धीकरणको त्रास रहेको निजी क्षेत्रको भनाइ छ ।

निजी क्षेत्रले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था पूर्ण रुपमा लागू गर्नुअघि सम्पत्ति अभिलेखीकरणको अवसर पाउनुपर्ने माग गरेको छ । सरकारले यस्तो अवसर नदिए व्यवसायीले अनेकौं तनाव बेहोर्नुपर्ने तथा यसबाट मुलुकमा लगानीमैत्री वातावरण बन्नैनसक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।

गोरखापत्र दैनिकले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सहयोगको विषयलाई राजनीतिसँग नजोड्न आग्रह गर्नुभएको समाचारलाई मुख्य समाचार बनाएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले एमसीसीको सुरुआती अवस्थादेखिको तथ्यले यसमा सबै राजनीतिक दल र नेताहरुको सहमति रहेको प्रष्ट पार्नुभएको समाचारमा लेखिएको छ ।

सरकारका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले लामो प्रक्रियापछि एमसीसी यो चरणमा आइपुगेको चर्चा गर्नुहुँदै यो सहयोग स्वीकार गर्न उपयुक्त हुन्छ भन्ने ठानेरै नेताहरुले यी सन्धि, सम्झौता, पत्राचार र विभिन्न समितिको गठन गर्नुभएको होला भन्ने आफूले आशा गरेको प्रष्ट पार्नुभएको पनि समाचारमा लेखिएको छ । यसैगरी गोरखापत्रले ‘सडकको स्वीकृतिसँगै बिजुलीको तार भूमिगत’ र ‘अझै टेकोका भरमा घर’ शीर्षकमासमेत प्रमुख समाचार प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकमा ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान तर्साउने अस्त्र’ र ‘सभामुखमा ओली लचक हुने संकेत’ शीर्षकका दुई समाचारलाई उत्तिकै महत्वका साथ पहिलो पृष्ठमा स्थान दिइएको छ ।

‘समाचारमा लेखिए अनुसार गैरकानुनी आर्जनलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउने, त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यको अनुसन्धान गर्न’ स्थापना गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सरकारले राजनीतिक र प्रशासनिक कार्डका रुपमा प्रयोग गर्न खोज्दा अपेक्षित उपलब्धि हासिल हुन नसकिरहेको विश्लेषण गरिएको छ ।

त्यसैगरी सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहलाई नै उक्त पद दिने संकेत गर्नुभएको पत्रिकामा लेखिएको छ । समाचार अनुसार पूर्व एमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफूविरुद्द गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबाबमा पर्नुभएको हो ।

कान्पिुर दैनिकमा बेनिघाटको बाँदरेस्थित झोलुगेंपुलबाट दुई सन्तानसहित दम्पतीले त्रिशूलीमा हाम फालेको समाचार छ ।

घटनामा श्रीमतीको मृत्यु भएको छ भने दूई बालक बेपता भएका छन् । ३५ वर्षीय विनय रेग्मीको उद्धार गरिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भएका रेग्मी गजुरीस्थित आदमघाटमा रहेको ससुराली आएका थिए ।

३२ वर्षीया श्रीमती जमुना, दुई वर्षीय र ६ महिने छोरासहित उनले बिहीबार साँझ साँढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीको भनाइ छ ।

त्रिशूलीको जलयात्रा गर्ने टोलीसँग रहेको उद्धार टोलीले विनयको उद्धार गरेको थियो प्रहरी उपरीक्षक रवीनद्र रेग्मीले बताए ।
जमुनाको शव पनि घटनास्थलनजिकै फेला परेको थियो । दुवै बालक बेपता छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्