मलेसियामा ६ सय नेपालीको रोजगार गुम्यो, कारण यस्तो रहेछ



काठमाडौं । मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झन्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ ।

अमेरिका भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले सेप्टेम्बर ३० मा डब्लूआरपी कम्पनीले कामदारलाई जबरजस्ती काममा लगाएको तथा श्रमशोषण गरेको दाबी गर्दै उसको उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी निर्णयपछि आर्थिक संकट उत्पन्न भएसँगैं जनवरी १ देखि कम्पनीले पन्जा उत्पादन गर्न बन्द गरिसकेको छ । कम्पनीले गत वर्ष ७९।५ मिलियन डलर बराबरको ग्लोब निर्यात गरेको थियो ।

मलेरियन रबर ग्लोब उल्पादन संघका अनुसार मलेसियाबाट मात्रै ६५ प्रतिशत ग्लोब अमेरिकामा निर्यात हुने गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्