हसन र ओसिमाको ‘रोमियो’लाई सबैले हेर्न पाउने



सैघाली खबर,
,काठमाणडौ २२ कात्तिक।
कात्तिक २४ गते अर्थात शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’लाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । यो चलचित्रलाई सेन्सर बोर्डले यू सर्टिफिकेट दिएको छ ।

शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु र मेलिना मानन्धरको मुख्य भूमिका छ । चलचित्रमा नायिका नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् । उनै, नीशासँग हसनको प्रेमलाई पर्दामा देखाइएको छ । साथमा, यी दुइको प्रेममा आउने अवरोध, मित्रता र विछोडको कथालाई चलचित्रको पर्दामा उतारिएको छ ।

चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले चर्चामा छ । हसन, चलचित्रको गीत र कथावस्तुका कारण दर्शकले चलचित्र मन पराउनेमा विश्वस्त छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्