मनोरञ्जन

हसन र ओसिमाको ‘रोमियो’लाई सबैले हेर्न पाउने

By थाहा अनलाइन

November 08, 2017

सैघाली खबर, ,काठमाणडौ २२ कात्तिक। कात्तिक २४ गते अर्थात शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’लाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । यो चलचित्रलाई सेन्सर बोर्डले यू सर्टिफिकेट दिएको छ ।

शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु र मेलिना मानन्धरको मुख्य भूमिका छ । चलचित्रमा नायिका नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् । उनै, नीशासँग हसनको प्रेमलाई पर्दामा देखाइएको छ । साथमा, यी दुइको प्रेममा आउने अवरोध, मित्रता र विछोडको कथालाई चलचित्रको पर्दामा उतारिएको छ ।

चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले चर्चामा छ । हसन, चलचित्रको गीत र कथावस्तुका कारण दर्शकले चलचित्र मन पराउनेमा विश्वस्त छन् ।