सभामुख चयनमा दुई अध्यक्ष सहमति नजिक, आज निर्णायक छलफल हुँदै



काठमाडौं । सभामुख चयनको विषयमा प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको छलफल सकरात्मक बन्दै गएको छ। दुई अध्यक्षबिच आज शुक्रबार निर्णायक छलफल हुने नेताहरुको दावी छ । यद्धपि छलफलको समय भने तय भइसकेको छैन।

दुई अध्यक्षबीच बिहीबार भएको छलफल सकरात्मक दिशामा गएको नेताहरुले बताएका छन् । दुई अध्यक्षबिच कसलाई सभामुख बनाउने भन्नेमा त छलफल भइसकेको छैन। तर संभावित विकल्पबारे राम्रोसँग कुराकानी भएको र यसले छिट्टै सकरात्मक नतिजा दिनेमा आशावादी रहेको पूर्व माओवादी नेताहरुले बताएका छन् ।

उपसभामुखले राजिनामा दिने सम्बन्धमा पनि दुई अध्यक्षबिच कुनै बिमति नरहेको दावी नेकपा नेताहरुले गरे पनि ओली-प्रचण्डबीच चार दिनपछि बिहिबार मात्रै भेट भएको हो।

त्यसअघि आइतबार दुई अध्यक्षले उपसभामुख शिवमाया तुम्बाहङफेलाई राजिनामा दिन आग्रह गरेका थिए। तर तुम्बाहाङफेले सभामुखको उमेदवार तय नगर्दासम्म राजिनामा नदिने जवाफ दिएकी थिइन्। यसैगरी नयाँ संसदको बैठक ६ गतेका लागि बोलाइएको छ।

गत पुस ४ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको हो। सभामुख चयनमा सहमति नजुट्दा संसद बैठक पटकपटक सूचना टासेर स्थगित हुँदै आएको छ।

पूर्व माओवादी पक्षधर नेताहरुले प्रधानमन्त्री ओलीका कारण उपसभामुखको राजिनामामा ढिलाइ भएको आरोप लगाएका थिए। प्रधानमन्त्री निकट नेताहरुले भने भैसेपाटी भेलाको कारणले परिस्थिति बिग्रिएको आरोप लगाउदै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्