चट्याङ परेर संचार सेवा अवरुद्ध हुँदा चिङ्गाड गाउँपालिकाका सबै वडाहरुमा सास्ती



घनश्याम राना, सुर्खेत । बिगत दुई हप्ता अघि चट्याङ परेपछि सुर्खेतको चिङ्गाड क्षेत्रमा संचार सेवा अबरुद्ध भएको छ। दैनिक जसो विभिन्न काममा अवरोध आउदा त्यहाँका अधिकांश सेवाग्राहीले गुनासो पोखिरहनु भएको छ ।

शहर बजारमा बिध्यार्थिहरु समेतले आफ्नो घरको बारेमा खबर बुझ्न र आवस्यक समस्याहरुको समधान निकाल्न पाएका छैनन ।

अझ भनौ देश बाहिर रहनु भएका प्रदेशि दाजुभाइहरुले यति लामो समय बितिसक्दा पनि त्यहाँका जनप्रतिनिधिहरुले चिन्तन र चासो प्रति नभईदिदा हालसम्म सेवा सुचारु नगर्दा निकै चिन्तित बनेको बताउनु भएको छ।

संचार माध्यमको यस अवस्थामा बिग्रीदा चिठी पत्रको जमानाले प्रश्न उठाएको छ । यसबाट किसान, बिध्यार्थी , ब्यापारी लगायत बिभिन्न कार्यालयहरुमा यसले ठुलो असर पुर्याएको छ ।

साथै त्यहाका सेवाग्राहीहरुले जिम्मेवारी ब्यक्तिहरु सङ्ग छिटोभन्दा छिटो संचार माध्याममा जोडिदिन बिनम्रताका साथ माग राखेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्