शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु



काठमाडौँ – सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन बालुवाटारमा छलफल सुरु भएको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे नेताहरुबीच छलफल भइरहेको हो ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सहभागी छन् ।

यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा सहित नेताहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्