सिटिजन बैंकले बाँड्यो सिरहामा १५० थान कम्बल



सिटिजन बैंकले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकामा कम्बल वितरण गरेको छ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका व्यक्तिलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा १५० थान कम्बल वितरण गरेको हो।

केही दिनदेखि लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन्।

सिटिजन बैंकले ८५ वटा शाखा, ८६ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्