‘खेलोखेती नै भ्रष्टचार गरेकाहरुले सपनामा पनि भ्रष्टचार देख्छन्’ : गापा अध्यक्ष बिष्ट



प्रेम सुनार,गुल्मी । गुल्मीको ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट भ्रम फैलाउने विपक्षी बिरुद्ध गर्जिन थालेका छन् । हामी ईस्माको बिकास र जनताको समृद्धिका लागि अहोरात्र खट्दै आएका छौं’– अध्यक्ष बिष्टले भने केहि मित्रहरुले भने सकरात्मक कामलाई पनि नकरात्मक प्रचार गर्दै हिड्नु भएको छ र जुन काममा पनि भ्रष्टचार भयो भन्दै आउनु भएको छ , सायद उहाँहरु सरकारमा छँदा खेलोखेती नै भ्रष्टचारको भएर होला खाली जहाँ पनि भ्रष्टचार गरेको सपना देख्दै आउनु भएको छ । ’

उनले यथेष्ट प्रमाण खोजेर बोल्न चेतावानी दिए । उनले भने–‘ यथेष्ट प्रमाण खोजेर बोल्नुहोस् , आफुले विगतमा खेलोखेती नै भ्रष्टचार गरें भन्दैमा सपनामा पनि भ्रष्टचार नदेख्नुहोस्, अन्यथा हामी पनि तपाईहरुका विगतका कर्तुत खोज्न बाध्य हुनेछौं, ।’

प्रदेश ५ मै पहिलो जडिबुटी उद्यान केन्द्र ईस्मा गाउँपालिकामा सञ्चालन गरेको उदाहरण दिदै ईस्मा गाउँपालिका अध्यक्ष बिष्टले ईस्माको बिकासका लागि सबै सकरात्मक र साझा ढंगले लाग्न अपिल गर्दै जनतामा भ्रम र निरासा नछर्न सुझाव दिए ।

ईस्मा गाउँपालिका भित्रै राङ्गदालमा अन्तराष्ट्रिय स्तरको शहिद लखन थापा रंङ्गशाला बन्दै छ । जिल्ला मै सबै भन्दा पहिला लामो पक्की सडक खण्ड (तम्घास सिमलटारी प्युठान सडक ) त्यस गाउँपालिका भित्र परेको छ । सदरमुकाम संग ईस्मा गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने कार्यको प्रकृया पनि सुरु हुन गई रहेको छ । अन्य विकासका कार्य पनि तिब्र रुपमा अगाडी बढेका छन् । विकासको यो गतिमा सबैको साथ सहयोगको उनले अपिल गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्