लगातार वर्षा भएपछी नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो, केछ अवस्था ?



काठमाडौँ । मध्यरातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउमा वर्षा र हिमपात भएपछी जनजीवन प्रभावित भएको छ । यस्तै  नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । सडकमा उक्त पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षाले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको जनाएको छ ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्