घोराहीमा माहासंघको ई मार्केटिङ तालिम



दाङ, माघ ३

नेपाल घरेलु तथा साना उद्योग महासंघ, दांग को आयोजना तथा लघु, घरेलु तथा साना उद्योग बिकास कोषको सहयोगमा आज  घोराहीमा ई मार्केटिङ तालिम  उद्घाटन गरिएको छ ।

पाचँ दिन सम्म संचालन हुने तालिमले सहभागीहरुलाई ई मार्केटिंग तालिम प्रदान गरि त्यस वाट उनिहरुको उद्योग वाट उत्पादित वस्तुहरुको बजारीकरणमा बृद्धि गरि घरेलु तथा साना उद्योग वाट उत्पादित वस्तुहरुको बिक्रिमा बढोक्तरी गराउने उदेश्य राखेको नेपाल घरेलु तथा साना उद्योग महासंघ, दांग का अध्यक्ष प्रदिप मजगैयाँ ले जानकारी दिनु भयो ।

तालिमले उद्यमीहरुलाई बस्तुको बजारीकरण सम्वन्धि ज्ञान प्रदान गर्ने, उद्योगहरुको  बस्तु बिक्रीमा टेवा पुरयाउने, जिल्लामा उत्पादित बस्तुहरुलाई राष्टिय तथा अन्तराटिय बजारमा पुरयाउने, स्थानिय तथा राष्टिय अर्थतन्त्रलाई मजवुत पार्न थप टेवा दिने उनको भनाई छ । तालिममा २२  जानको सहभागिता रहेको छ । तालिमको मुख्य प्रशिक्षक अमर अधिकारि रहनु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, दांग का अध्यक्ष प्रदिप मजगैयाँको अध्यक्षता तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्रदेश नं पाचँ का सचिब किरण कुमार रेग्मीको प्रमुख आतिथ्यतामा  भएको उद्घाटन कार्यक्रममा महिला उद्यम समिति अध्यक्ष तुलसा बुढा, कोषाध्यक्ष बिष्णु थापा,सचिब सिता मल्ल , केन्द्रीय प्रतिनिधि भारत राज देबकोटा लगायतले बोल्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्