यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पतनको अवस्थामा पुगेको राष्ट्रसंघको निष्कर्ष ।।



 

download (1)

जेष्ठ,१७
संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको द्वन्द्वका कारण यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पूर्ण पतनको अवस्थामा पुगेका निष्कर्ष निकालेको छ । राष्ट्र संघले यमनलाई पतनको अवस्थाबाट मुक्त गर्न तत्काल सहयोग र प्रभावकारी कामको खाँचो रहेकोसमेत जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक स्टिफन ओ ब्रिएनले राष्ट्रसंघ सुरक्षा परिषद्सँग कुरा गर्दै यमनमा तत्काल प्रभावकारी काम नगर्ने हो भने पूर्ण पतन भएर जाने जानकारी दिएका हुन् । यमनमा मानवीय संकटको अवस्था भयावह बन्दै गएको र ७० लाख मानिस भोकमरीको चपेटामा रहेको राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले यमनका नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताएको छ । हैजाको प्रकोप फैलिएको र त्यसका कारण ५ सय जना मानिसको ज्यान गएको तथा अर्को ६ महिनाभित्र यो संख्या बढेर १ लाख ५० हजार पुग्न सक्ने खतरा रहेको राष्ट्रसंघको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्