इरानीले गरेको आक्रमणमा अमेरिकालाई ठुलो क्षति भएको खुलासा



काठमाडौँ । जनवरी ८ मा इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अखडामा गरेको मिसाइल आ’क्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलेको छ। अमेरिकी रक्षा मन्त्रालयले सुरूमा उक्त हमलामा कुनै क्षति नभएको दाबी गरेको थियो। अमेरिकाको नेतृत्वमा इराक र सिरियामा आइएसआइस विरूद्ध लडिरहेको सै’न्य गठबन्धनले बिहीबार विज्ञप्ति जारी गर्दै इरानी हमलापछि कयौं अमेरिकी सैनिक बेहोस भएको जनाएको छ।

‘आ’क्रमणमा कसैको मृत्यु नभए पनि अल असद एयर बेसमा रहेका थुप्रै सैनिकहरूलाई बेहोस हुने समस्या देखिएपछि उपचार गरिएको थियो र उनीहरूलाई थप केही भएको छ कि भनेर अहिले पनि परीक्षण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘तीमध्ये केहीलाई जर्मनीको ल्याण्डस्तुल क्षेत्रीय मेडिकल सेन्टरमा थप परीक्षणणका लगि पठाइएको छ। काम गर्न समक्ष भएको देखिएपछि उनीहरू इराक फर्किनेछन्।’

आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीको ह’त्या भएपछि इरानले जवाफी कारबाहीस्वरूप इराकमा रहेका दुई अमेरिकी सै’न्य अखडामा मिसाइल हानेको थियो। सुरूमा इरानले ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको थियो भने पेन्टागनले कुनै क्ष’ति नभएको बताएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्